बाँके २ मा राप्रपा र ३ मा एमालेलाई सुरुवाती अग्रता, बर्दियामा पनि मतगणना सुरु

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बाँके । बाँके र बर्दियामा २ बजेबाट मतगणना सुरु भएको छ । जारी मतगणनामा बाँकेको क्षेत्र न ३ मा नेकपा एमालेका किस्मत कक्षपतिले लिड गरिरहनु भएको छ ।

उहाँलाई गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका किशोरसिंह राठौरले पछयाइरहनु भएको छ । हाल सम्म ३ हजार ९ सय २९ मत गनणा हुँदा एमालेलका उम्मेदवार कक्षपतिले १ हजार ८ सय १६ र नेपाली काग्रेसका राठौरले १ हजार २ सय ४ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी बाँके क्षेत्र न २ मा राप्रपाका धवलशम्शेर राणाले अग्रता लिनु भएको छ । २ हजार ३ सय मत गणना हुँदा राणाले १ हजार ८ सय , जसपाका मोहम्मद इश्तियाक राईले ४ सय ४ र गठबन्धनका तर्फ बाट नेपाली काग्रेसका सुदिप राणाले ९४ मत ल्याउनु भएको छ । यता बर्दियामा भने मतगणना भर्खर सुरु भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?