मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी

तस्वीर : सामाजिक सञ्जालबाट

हिमालय टाइम्स
Read Time = 1 min

गण्डकी । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।

गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?