जुम्लामा मतगणना सुरु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । आईतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा दिउँसो ३ ः४० बजेबाट सुरु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिको पाँच वटा मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्ष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । विहान ७ बजे बसेको सर्वदलीय बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको फरक फरक ठाउँमा मतगणना गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृत गौतमले भन्नुभयो,“ आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सर्वसम्मति जनाउँदै निर्धारित समय भन्दा केही सयम ढिलो गरी मतगणाना भएको छ ।

मतगणना भने प्रत्यक्ष प्रतिनिधिसभा र प्रदेशसभा र सामानुपातिक तर्फका सबै मतगणना एकसाथ गणना गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । ” मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक–एक जना प्रतिनिधिलाई सहभागी हुनेछन । जुम्लामा संघीयसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुवर), नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाही बिच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजंग शाही , नेकपा एमालेका धिरेन्द्रराज गिरी र स्वतन्त्र उमेर देवेन्द्र बहादुर शाही लगायत प्रतिस्पर्धामा छन । त्यस्तै प्रदेश सभा ९ (ख) मा सत्ता गठबन्धनको तर्फबाट समाजवादीका पदमबहादुर रोकाया, नेकपा एमालेका टेकराज पछाई र स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत विच कडा प्रतिस्पर्धा हुने भएको छ । जुम्लामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ स्थानका लागि निर्वाचन भएको छ ।

जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता छन । जिल्लामा १ सय ६ मतदान केन्द्र र ८३ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदान केन्द्रबाट निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा ६५ प्रतिशत मत खसेको छ ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?