भक्तपुर २ मा कांग्रेसका थापालाई पछि पार्दै एमालेका बस्नेतले लिए अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिनु भएको छ ।

प्राम्भिक चरणबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहनु भएको थियो । जारी मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका थापालाई एमाले उम्मेदवार बस्नेतले पछि पार्नु भएको छ ।

एमालेका बस्नेतले ६ हजार ८ सय २४ मत ल्याउँदा नेपाली कांग्रेसका थापाले ६ हजार ४ सय ८४ मत ल्याउनु भएको छ ।

अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?