आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन राष्ट्रसंघको आग्रह

Read Time = 2 mins

एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनको जापोज्जियास्थित आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी र क्षेप्यास्त्र आक्रमण ज्यादै खतरनाक पागलपनको संकेत भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

युरोपको सवैभन्दा ठूलो आणविक केन्द्र आसपाको आक्रमण अक्षम्य र अस्वीकार्य हो भन्दै उहाँले यस्ता आक्रमणको पछाडि जोसुकै भए पनि तत्काल बन्द गर्न आहृवान गर्नुभयो । आणविक केन्द्रलाई लक्षित गरेर रुस वा युक्रेन जोसुकैले आक्रमण गरिरहेको भए पनि उनीहरूले भयंकर आगोसँग खेलिरहेको ग्रोसीको भनाइ थियो ।

आइतबार आणविक केन्द्रलाई लक्षित गरी दर्जन बढी विष्फोट भएको थियो । जसका कारण उक्त केन्द्रका केही भागमा क्षति पुगिसकेको छ । उक्त आणविक केन्द्र रूसको नियन्त्रणमा रहेको छ भने पछिल्लो समय युक्रेनी सेनाले पनि आणविक केन्द्रलाई लक्षित गरी आक्रमण गरिरहेको आशंका गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?