क्वालालम्पुर । मलेसियामा समपन्न आमनिवार्चनपछि त्रिशंकु संसद बन्ने भएको छ । विपक्षी नेता अनवर इब्राहिमले सबैभन्दा बढी सिट जित्नुभएको छ । तर, उहाँको पाकातान हारापान गठबन्धन स्पष्ट बहुमत ल्याउन भने असफल भएको छ । त्यसैगरी, इस्माइल सावरी याकोवद्वारा नेतृत्व गरिएको सत्तारूढ गठबन्धनले अहिलेसम्मकै सबैभन्दा खराब चुनावी पराजय भोगेको छ । यसले आफूले लडेको १७८ सिटमध्ये केवल ३० सिट जितेको छ ।
महाथिर मोहमद पनि पराजित हुनुभएको छ । ५३ वर्षको इतिहासमा उहाँ पहिलोचोटि चुनावमा पराजित हुनुभएको हो । दशकौँदेखि मलेसियाली राजनीतिमा ९७ वर्षीय महाथिरको वर्चश्व रहँदै आएको थियो । उहाँ पहिलोचोटि सन् १९८१ देखि २००३ सम्म प्रधानमन्त्री बन्नुभएको थियो । उहाँलाई असीको दशकमा भएको मुलुकको तीव्र आर्थिक रूपान्तरणका लागि श्रेय दिइने गरिएको छ ।
अहिले मलेसियामा राजनीतिक अस्थिरता देखिएको छ । सन् २०१८ मा आमचुनाव भएयता मुलुकले तीनजना प्रधानमन्त्री पाइसकेको छ । यसपालिको चुनावमा पूर्वसत्तारूढ पार्टी युएमएनओले पनि नराम्ररी हारेको छ । मतदाताहरू पेरिकातान नासिओनल र कन्जरभेटिभ इस्लामिक पार्टी पीएएसतर्फ आकर्षित भएका छन् । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका