अभिनेत्री एन्ड्रिला शर्माको निधन

Read Time = 1 min

मुम्बई । बंगला टिभी शो तथा सिरियलकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको आइतबार निधन भएको छ । २४ वर्षीया एन्ड्रिलालाई शनिबार राति हृदयघात भएको थियो । त्यसपछि उहाँलाई सिपीआर दिइएको थियो । यसपछि उहाँको स्वास्थ्यमा केही सुधार भए पनि आइतबार उहाँको निधन भएको हो । उहाँलाई हावडाको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।

उहाँले टिभी शो ‘झुमुर’ पछि धेरै लोकप्रिय सिरियलमा काम गर्नुभएको थियो । जसमा ‘जीवन ज्योति’ जस्ता चर्चित सिरियलहरू रहेका छन् । उहाँले ‘भगर’ वेब सिरिजमा पनि काम गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?