दोहा । फिफा विश्वकप २०२२ मा इंग्ल्याण्डले सानदार सुरुवात गरेको छ । विश्वकप अन्तर्गत अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ को फराकिलो अन्तरले पराजित गरेको हो ।
३४ औं मिनेटमा जुडे बिलिङघमले इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाउनुभयो । मिडफिल्डर बिलिङघमले लुका साको क्रसमा हेडरमाफत गोल गर्नुभएको हो । यो उहाँको पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो । यस्तै ४३ औं मिनेटमा बुकायो साकाले इंग्ल्याण्डको अग्रता दोब्बर पार्नुभयो । ह्यारी मगुइरोको कर्नरमा उहाँले गोलरक्षकको माथिबाट गोल गर्नुभएको थियो ।
पहिलो हाफको अन्तिम मिनेट रहिम स्ट्रर्लिङले इंग्ल्याण्डका लागि तेस्रो गोल गर्नुभयो । यस सिजनमा लयमा नरहेपनि रहिमले उत्कष्ट भली गोल गनुभएको थियो । ६२ औं मिनेटमा बुकायो साकाले चौथो गोल गरेपछि इंग्ल्याण्डको जित निश्चित भइसकेको थियो । त्यसपछि पनि इंग्ल्याण्डले दुई गोल गर्यो ।
६५ औं मिनेटमा इरानका तर्फबाट मेहन्दी तेरिमीले एक गोल फर्काउनुभयो । उहाँले डी बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ७२ औं मिनेटमा मार्कुस रासफोर्डे पाँचौ गोल गर्दै इंग्ल्याण्डलाई अघि बढाउँनुभयो भने ८९ औं मिनेटमा ज्याक ग्रेलिसले छैटौं गोल गर्दै इंग्ल्याण्डलाई सानदार जित दिलाउनुभयो ।
तर इंज्युरी समयमा इरानका मेन्दी तेरानीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ६-२ मा टुंग्याउनुभयो । योसँगै समूह बीमा इंग्ल्याण्डले ३ अंक जोडेको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका