चुनावका कारण एकै दिन बैंकमा थपियो १६ अर्ब

Read Time = 2 mins

काठमाडौं । निर्वाचनका कारण बैंक तथा वित्तीय संस्थामा एकै दिन १६ अर्ब रुपैयाँ थपिएको छ । संघ तथा प्रदेशको निर्वाचनका कारण आर्थिक गतिविधि बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै गएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक ३० गते बुधबार एकै दिन बैंक तथा वित्तीय संस्था १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कात्तिक २९ सम्म ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको ३० गते बैंकिङ सिस्टममा ५१ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो ।

राष्ट्र बैंकका अनुसार गत कात्तिक ३० गते एकै दिन बैंक तथा वित्तीय संस्थामा १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

सो अवधिमा वाणिज्य बैंकमा १३ अर्ब रुपैयाँ थपिएको छ । वाणिज्य बैंकहरूमा कात्तिक २९ गते ४५ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप थियो । तर, कात्तिक ३० गतेसम्म निक्षेप बढेर ४५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप बढेसँगै बैंकहरूको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) पनि घटेको छ । एक दिनमै सिडी रेसियो ०.२४ प्रतिशतले घटेको हो । गत कात्तिक २९ गते सिडी रेसियो ८७.०९ प्रतिशत थियो भने कात्तिक ३० गते घटेर ८६.८५ प्रतिशतमा झरेको छ । कात्तिक ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट ४७ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?