टिसिएलको विश्वकप अफर

Read Time = 2 mins

काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर फुटबल हंगामा नामक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टिसिएल टिभी खरिदमा आकर्षक नगद छुट र फ्री टिसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स खरिद गर्दा एक भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके टिभीसमेत जित्न सक्नेछन् । ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

योजना सीमित अवधिका लागि नेपालभरि लागू हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एण्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।

टिसिएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो । नेपालभर टिसिएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत् सेवा प्रदान गर्दै आएको छ । कम्पनीका सिजी डिजिटल शोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तीगांैडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?