झोलुंगे पुल निर्माणले स्थानीयलाई सहज

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका-१ अग्लुंगमा झोलुंगे पुल निर्माण भएपछि त्यहाँका स्थनीयलाई निकै सहज भएको छ । अग्लुंगको छहरा खोला र सङ्रेग खोलामा पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई निकै सहज भएको हो ।
साबिकको अग्लुंग गाविसको वडा नं.-८, निपानेदेखि दुई घण्टा लगाएर विद्यार्थीहरू अग्लुंग माध्यमिक विद्यालयमा अध्ययनको लागि जानुपर्छ । वर्षायामको समयमा त्यहाँबाट विद्यार्थीहरू विद्यालय आउन निकै गाह्रो पर्ने थियो । खोला ठूलो हुँदा कैयौँ विद्यार्थीहरू घर फर्किने गरेका थिए । वर्षायामको समयमा बिरामी भएर स्वास्थ्य चौकी जान र वडाको कामले वडा कार्यालयमा जान पनि निकै गाह्रो पर्ने थियो । अहिले पुल निर्माण भएपछि वर्षायाममा आवत-जावतमा निकै सहज भएको स्थानीयले बताएका छन् ।

अहिले छहरा खोलामा पुल निर्माण भएपछि त्यहाँका विद्यार्थीलाई सहज भएको स्थानीय रेमबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षायामको समयमा विद्यार्थी मात्र होइन हामी पनि खोलाको तिरमा बसेर खोला कतिबेला घट्छ भनेर हेथ्र्यौं ।’ खोला घटेपछि मात्र हामी खेतमा जान मिल्ने अवस्था थियो । ‘खोलामा पुल निर्माण नहुँदासम्म बढेको खोला तर्न खोज्दा हाम्रो किताब कापी भएको झोलासमेत बगाउने गथ्र्यो । त्यसैमा खोलाले बगाउँदा हामी धेरैपटक घाइते पनि भएका छौँ ।’ छहरा खोला नजिकै बस्ने दीपक विश्वकर्माले भन्नुभयो, ‘अहिले पुल निर्माण भएपछि विद्यार्थीसँगै स्थानीयहरूलाई निकै सहज भएको छ ।’

‘खोलाले धेरै घरपालुवा जीवजन्तु बगाएको थियो । हामीलाई घाँस दाउरा गर्न खोलापारी जानुपथ्र्यो वर्षायाममा निकै अप्ठ्यारो हुन्थ्यो ।’ स्थानीय भगत चन्दले भन्नुभयो, ‘धान रोप्न जानका लागि खोला तर्नुपथ्र्यो । कहिलेकाहीँ खोला बढ्दा खोला पारि नै बस्नुपर्ने थियो । अहिले पुल निर्माण भएपछि हामीलाई सहज भएको छ ।’ छहरा खोलामा निर्माण भएको झोलुंगे पुलले साबिक अग्लुंग गाविसको वडा नं.-८ निपानेको छहरा र वडा नं.-९ ओख्ले दहलाई जोडेको छ । उक्त पुल २०७५ असोजमा ४० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भगत चन्दले जानकारी दिनुभयो ।

यता, सङ्रेग खोलामा २०६७ असारमा १५ लाख ९१ हजार ५७४ रुपैयाँ लागतमा निर्माण भएको झोलुंगे पुलले साबिक अग्लुंग गाविसको वडा नं.-३, धारा धनुबस्ने र वडा नं.-९ ओख्ले दहको जुकेपानीलाई जोडेको छ । पुल निर्माण भएपछि आवतजावतमा निकै सहज भएको स्थानीयले बताएका छन् । यो पुल निर्माण भएपछि विद्यार्थीदेखि सर्वसाधारण सम्मलाई आवतजावतमा सहज भएको छ ।

दुई घण्टाभन्दा बढी समय हिँडेर निपानेदेखि अग्लुंग माध्यमिक विद्यालयमा अध्ययनका लागि विद्यार्थी आउनुपथ्र्यो । त्यस्तै, यो झोलुंगे पुल निर्माण नहुँदासम्म ओख्लेदहबाट पनि यस विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी एक घण्टाभन्दा बढी समय हिँडेर जाने गरेको अग्लुंग माविबाट एसईई दिनुभएका अशोक विश्वकर्माले बताउनुभयो । दुई खेलामा पुल निर्माण हुँदा विशेष गरी यी दुई गाउँका विद्यार्थीलाई निकै सहज भएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?