काठमाडौं-१ बाट प्रकाशमान सिंह निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सिंहले सात हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले सात हजार १८ मत पाउनुभयो ।

यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जित्नुभएको थियो । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी हुनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले चार हजार ११५, एमालेका किरण पौडेलले तीन हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले तीन हजार १२४ मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?