काठमाडौं । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ३३० मतान्तरले नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित हुनुभएको हो ।
कांग्रेसका गुरुङले दुई हजार ५७७ मत ल्याउनुभएको छ । एमालेका गुरुङले दुई हजार २४७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले पाँच मत ल्याउनुभयो ।
गुरुङ तत्काल संसद प्रवेश गर्न भने पाउनुहुने छैन । उहाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उहाँ सांसदको हैसियतमा काम गर्न नपाउने हुनुभएको हो । गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कांग्रेसका टेकबहादुर गुरुङ २०७० मा दोस्रो संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मनाङ ङिस्याङ गाउँपालिका ८, टङ्की मनाङका गुरुङ कांग्रेसको तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री पनि हुनुभएको थियो । मनाङमा २०७४ को चुनावमा पहिलो पटक मनाङमा एमालेले जितेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका