डडेल्धुरामा देउवाको फराकिलो अग्रता, सागर पच्छ्याउँदै

हिमालय टाइम्स
Read Time = 1 min

डडेल्धुरा । डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले फराकिलो अग्रता कायमै राखुभएको छ । पछिल्लो मतपरिणाम अनुसार हालसम्म ११ हजार ३७० मत गणना भएको छ ।

जसमा देउवाले ५७८७ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उमेदवार सागर ढकालले उहाँलाई पछ्याइरहनुभएको छ । ढकालले हालसम्म २७९७ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले १६९० मत प्राप्त गर्नुभयो । अहिलेसम्म ७१० मत बदर भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?