रुपन्देही १- छविलाल विश्वकर्माको अग्रता कायमै, घनश्याम भुसाल तेस्रो स्थानमा

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेले अग्रता कायमै राखेको छ । बिहान साढे ७ बजेसम्म ७ हजार ७१५ मतगणना हुँदा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले १७३८ मत ल्याउनुभएको छ ।

दोस्रो स्थानमा भने नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी रहनुभएको छ । उहाँले १५९९ मत ल्याउनुभएको छ ।

सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका घनश्याम भुसाल १४०१ मत ल्याएर तेस्रो नम्बरमा हुनुहुन्छ । यस्तै जनमत पार्टीका कैलाश गुरुङले ११२६ मत पाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?