मनाङ । मनाङका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ तत्काल संसद प्रवेश गर्न नपाउने हुनुभएको छ ।
नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३२८ मतले पराजित गनुृभएका गुरुङ भ्रष्टाचार मुद्दामा मुछिएपछि संसद छिर्न नपाउने हुनुभएको हो । उहाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।
गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सो मुद्दामा विशेष अदालतले उहाँलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उहाँस्वतः निलम्बनमा पर्नुहुनेछ ।
भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै व्यक्तिउपर भ्रष्ट्राचार मुद्दा दायर भएकामा त्यस्तो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका