जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो अपडेटअनुसार राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि रहनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाण अनुसार ६ हजार ९३३ मतगणना गर्दा शाहीले ४ हजार ९१ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको साथ पाउनुभएकी माओवादी केन्द्रकी गोमा गौतम (कुवँर) ले १ हजार ४४९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा एमालेका रतननाथ योगीले ७ सय ९८ मत ल्याउनुभएको छ ।

नेमकिपाका उम्मेदवार डिल्ली काफ्लेले १५० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवारको कलधारो चुनाव चिह्ननले ६९ मत पाएको छ । तीन सय ७० मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाही अगाडि

जुम्लाको प्रदेश सभा सदस्य (क) मा चार हजार सात हजार ६४१ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले २ हजार ९४४ मत प्राप्त गर्नुभएको छ ।

पछिल्लो मत परिमाण अनुसार कांग्रेसका उम्मेदवार ललितजंग शाहीले २ हजार ९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेका धिरेन्द्र गिरीले एक हजार ७८५ मत ल्याउनुभएको छ। नेमकिपाका उम्मेदवार राजेश्वर देवकोटाले २४२ मत प्राप्त गर्नुभयो । त्यस्तै प्रदेश सभा (ख) मा समाजवादीका उम्मेदवार पदमबहादुर रोकायाले एक हजार ५५६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै एमालेका टेकराज पछाईले एक हजार ३१४ प्राप्त गरेकोे निर्वाचन कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ७५० मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म प्रदेश सभा सदस्य (ख) मा तीन हजार ६२० मत गणना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संघीय सभाको प्रत्यक्ष , सामानुपातिक र प्रदेश सभाको प्रत्यक्ष र सामानुपातिकतर्फका मत गणना भईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?