सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ। चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको हो ।

चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे उहाँ चढेको माइक्रोबस दुर्घटना भएको थियो।

सुन्दरवस्तीबाट नारायणघाटतर्फ आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रो रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य रुपा सुनारका अनुसार राप्ती नगरपालिका वडा नं। ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोक्किएको थियो ।

घाइते विश्वकर्मालाई अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उहाँको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको र पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने छ।

थाहासञ्चार नेटवर्कबाट प्रशारण हुने चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता विश्वकर्मा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा नेपालका सचिव हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?