बर्दियाका २ वटै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टिको अग्रता

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहँदा बर्दियाका २ वटै क्षेत्रमा गठबन्धनका उम्मेदवार पछाडी परेका छन ।

बर्दिया क्षेत्र न १ र २ मा नागरिक उम्मुक्ति पाटिले अग्रता लिएको छ । क्षेत्र न १ मा नागरिक उम्मुक्ति पार्टिका ठाकुरसिंह थारुले ६ हजार २ सय मत ल्याउदै लिड गरिरहदा गठबन्धनको तर्फ बाट नेपाली काग्रेसका सञ्जय गौंतमले ५ हजार ३ सय ४६ मत ल्याएर पछयाउदै हुनुहुन्छ ।

उता नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले ४ हजार ४० मत ल्याउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टिका प्रवेश भुषालले १ हजार ७ सय ६३ मत ल्याउनु भएको छ । क्षेत्र न २ मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेश पन्थ स्वतन्त्र उम्मेदवार लालविर चौधरी भन्दा पछाडि पर्नुभएकाे छ ।

नागरिक उम्मुक्ति पार्टिको समर्थन पाएका स्वतन्त्र उम्मेदवार लालविर चौधरीले १६ हजार ४ सय ५८मत ल्याउदा गठबन्धनका तर्फ बाट नेकपा माओवादी केन्द्रका शुरेस पन्थले १० हजार ८ सय ९३ र नेकपा एमालेका पंकज सिंह राठौरले ६ हजार ५ सय ५५ मत ल्याउनु भएको छ भने राप्रपाका विनय रावलले ३ हजार ३ सय ३८मत ल्याउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?