हिमाल पारी कांग्रेसको एकलौटी

तस्बिरः रासस

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेकाे छ । मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सीट तथा मनाङको प्रतिनिधि सभा र प्रदेशसभाको एक सीटमा कांग्रेस उम्मेद्वार विजयी भए । मनाङको एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेद्वार सर्वसम्मत भएका थिए ।

मुस्ताङको प्रतिनिधि सभा सदस्यमा कांग्रेसका २९ वर्षे योगेश गौचन थकाली विजयी हुनुभयाे । उहाँले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत मात्रै पाउनुभयाे । प्रदेश सभा (क) बाट कांग्रेसकै नम्डु गुरुङ विजयी हुनुभयाे । नम्डुले १ हजार ४८ मत पाउनुभएकाे थियाे भने निकटतम प्रतिश्पर्धी एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत पाउनुभयाे ।

प्रदेश (ख) मा कांग्रेसका विकल शेरचन निर्वाचित हुँदा एमालेका चन्द्रमोहन गौचन पराजीत हुनुभयाे । उहाँले गौचनलाई १ सय ५८ मत अन्तरले हराउनुभएकाे हाे । शेरचनले २ हजार ७ सय २३ मत ल्याउदा गौचनले २ हजार ५ सय ६५ मत पाउनुभयाे । योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ ।

मनाङको प्रतिनिधि सभा सदस्यमा कांग्रेसकै टेकबहादुर गुरुङ विजयी हुनुभयाे । उहाँले निवर्तमान सांसद एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय ३८ मत अन्तरले हराउनुभयाे । टेक बहादुरले २ हजार ५ सय ७५ मत पाउँदा पोल्देनले २ हजार २ सय ४७ मत पाउनुभएकाे छ ।

प्रदेश सभा (क) मा कांग्रेसकै मुनिन्द्र जंग गुरुङले चुनाव जित्नुभयाे । मुनिन्द्रले एमालेका राजन गुरुङलाई ३ सय ३० मत अन्तरले हराउनुभयाे । मुनिन्द्रको १ हजार २ सय ५५ मत आउँदा राजनले ९ सय २५ मत मात्रै पाउनुभयाे । मनाङको प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेद्वार राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद बनिसक्नु भएकाे छ । उहाँ निर्विरोध निर्वाचित हुनुभएकाे हाे  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?