जितपछि प्रकाशमानः प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्छु

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताउनुभएको छ ।

मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बन्नुभएका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताउनुभएको हो । उहाँले मतदाताको भनाइ र मागहरुलाई सम्बोधन गर्ने बताउनु भयो ।

उहाँले आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने बताउनु भयो । उहाँले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने बताउनु भयो । काठमाडौंका नदीहरु वागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई चौैथो पटक काठमाडौं १ बाट विजयी गराउनु भयो । त्यो विश्वासलाई विगतमा जस्तो विश्वासमा अलिकति पनि आँच आउन दिने छैन । मतदाताको भनाइ, मागहरुलाई सम्बोधन गर्नेछु । यसपटक म आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काम गर्नेछु । खानेपानीको समस्या समाधान गर्नेछु, मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन छिटो गर्ने काममा प्राथमिकता दिनेछु । काठमाडौंका नदीहरु वागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाउन सोचिसकेका छौँ । वागमती, विष्णुमती पहिलाजस्तै बनाउनेछौँ । प्रदूषण नियन्त्रणका लागि काम गर्नेछौँ ।’

नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताउनु भयो । उहाँले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको पनि बताउनु भयो । नेता सिंहले देशभरबाट जितेर आएका काँग्रेस नेताहरुसँग सल्लाह लिएर आफू अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली काँग्रेसको संसदीय दलको नेताको लागि प्रतिष्पर्धा गरेकै हो । देशभरबाट काँग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रसेस जान्छ । विधि र प्रसेसमा गइसकेपछि सबै साथीहरुसँग सल्लाह गरेर गर्नेकुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका काँग्रेस नेता सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पछि पार्दै विजयी हुनुभएको हो । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्दी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सफल हुनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?