जितपछि प्रकाशमानः प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्छु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताउनुभएको छ ।

मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बन्नुभएका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताउनुभएको हो । उहाँले मतदाताको भनाइ र मागहरुलाई सम्बोधन गर्ने बताउनु भयो ।

उहाँले आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने बताउनु भयो । उहाँले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने बताउनु भयो । काठमाडौंका नदीहरु वागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई चौैथो पटक काठमाडौं १ बाट विजयी गराउनु भयो । त्यो विश्वासलाई विगतमा जस्तो विश्वासमा अलिकति पनि आँच आउन दिने छैन । मतदाताको भनाइ, मागहरुलाई सम्बोधन गर्नेछु । यसपटक म आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काम गर्नेछु । खानेपानीको समस्या समाधान गर्नेछु, मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन छिटो गर्ने काममा प्राथमिकता दिनेछु । काठमाडौंका नदीहरु वागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाउन सोचिसकेका छौँ । वागमती, विष्णुमती पहिलाजस्तै बनाउनेछौँ । प्रदूषण नियन्त्रणका लागि काम गर्नेछौँ ।’

नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताउनु भयो । उहाँले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको पनि बताउनु भयो । नेता सिंहले देशभरबाट जितेर आएका काँग्रेस नेताहरुसँग सल्लाह लिएर आफू अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली काँग्रेसको संसदीय दलको नेताको लागि प्रतिष्पर्धा गरेकै हो । देशभरबाट काँग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रसेस जान्छ । विधि र प्रसेसमा गइसकेपछि सबै साथीहरुसँग सल्लाह गरेर गर्नेकुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका काँग्रेस नेता सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पछि पार्दै विजयी हुनुभएको हो । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्दी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सफल हुनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
आइजीपीलक्षित खगेन्द्र सुनारकाे टिप्पणी : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन… अमरेश सिंहको प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ? विश्व अंगदान दिवस : २,७९९ को मञ्जुरी, दाताको अभावमा प्रत्यारोपण चुनौती पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयता उल्लंघनको मुद्दा पूर्वसभापति देउवाको अनुभव पार्टी रूपान्तरणमा उपयोगी हुने कांग्रेसको विश्वास सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बर्दियामा डिजेल खन्याएर आत्म*दाहको प्रयास, महिला गम्भीर घाइते पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा, भोलि खगराज भट्टले दाबी पेस गर्ने ललिता निवास प्रकरण : नेपाल र बाबुरामलाई प्रतिवादी नबनाएको विषयमा सर्वोच्चले माग्यो…