कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी जित नजिक

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । कैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा जित नजिक पुग्नुभएकाे छ ।

कुल ६१ हजार ६६८ मत खसेको यो क्षेत्रमा हालसम्म ५५ हजार ९०२ मत गणना हुँदा चौधरी २० हजार २३४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

यसैगरी, गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनले १४ हजार ९४६ मतकासाथ पछ्याइ रहनुभएकाे छ । क्षेत्र नम्बर ३ को अब साढे पाँच हजार मतमात्रै गणना गर्न बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?