ललितपुर-१ मा कांग्रेसका राणाको अग्रता

रासस
Read Time = 2 mins

ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा हुनुहुन्छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उहाँले ११ हजार सात सय ३९ मत प्राप्त गर्नुभएको छ ।

यता, पाँच सय ८५ मतले दोस्रो स्थानमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर-३

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की अग्र स्थानमा हुनुहुन्छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँले पछिल्लो मतगणनामा चार हजार नौ सय १० मत प्राप्त गर्नुभएको छ ।

नेकपाका अमृत खड्काले तीन हजार आठ सय ४५ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले दुई हजार दुई सय २८ मत प्राप्त गर्नुभएको छ । कूल ११ हजार आठ सय ७७ मतगणना हुँदा चार सय ३३ मत बदर भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?