स्याङ्जा क्षेत्र नं २ मा मतगणना सुरू गर्न भन्दै धनराज गुरूङ धर्नामा

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङजा । स्याङजा जिल्लाका दुई मतदान केन्द्रमध्ये क्षेत्र नं १ मा मतगणना जारी भए पनि क्षेत्र नं २ मा विवाद भएकाले मतगणना अझै सुरू हुन सकेको छैन । आज काङ्ग्रेस उपसभापति धनराज गुरूङसहित काङ्ग्रेसका नेता कार्यकर्ता धर्ना र विरोधमा उत्रेका छन् ।

दुई वटा प्रतिनिधि सभा क्षेत्र रहेको स्याङ्जामा नेकपा एमालेकी सचिव पद्मा अर्याल र काङ्ग्रेस उपसभापति धनराज गुरूङ प्रतिस्पर्धामा छन् ।

नेकपा एमालेले मतगणना सम्पन्न भइसकेपछि सोमबार चापाकोट नगरपालिकाका ३,४,५ नम्बर वडाका ४ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

सोमबार नेकपा एमालेले चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा काङ्ग्रेसले धाँधली गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो भने एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । सो मुद्दा निर्वाचन आयोगले केन्द्रमा जाहेर गरेकाले निर्वाचन आयोगको निर्देशन कुरेको निर्वाचन अधिकृतले बताउनुभएको छ ।

आज फेरि नेपाली काङ्ग्रेसका उपसभापति तथा उम्मेदवार धनराज गुरूङसहित निर्वाचन आयोगमा मतगणना जारी हुनुपर्ने भन्दै धर्ना दिएका छन् ।

आयोगले मतदान सम्पन्न गरिसकेपछि हारको डरले नेकपा एमालेलेकी उम्मेदवार पद्मा अर्यालले बखेडा झिकेको काङ्ग्रेसका नेताहरूको भनाइ रहेको छ ।

यता क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजु थापा र नेकपा एमालेका नारायण मरासिनीका बिचमा कडा प्रतिस्पर्धा छ ।

स्याङ्जा क्षेत्र नं १ मा ७१ हजार २ सय त्रिहत्तर भोट ५५.९३ प्रतिशत खसेको छ भने २ मा ६९९२८ अर्थात् ५९.९३ मत खसेको निर्वाचन आयोगको कार्यालय स्याङ्जाले जनाएको छ ।

अहिलेसम्मको मतगणना अनुसार काङ्ग्रेसका उम्मेदवार राजु थापाले २४ सय ५५ मतका साथ अगाडि छन् । एमालेका नारायण मरासिनीले २२५५ मत ल्याएर थापालाई पछ्याइरहेका छन् । रा.स्व. पार्टीका बोधराज रेग्मीले ४७३ मत ल्याएका छन् । हालसम्म मतगणना भएको पुतलीबजार १, २, ७ र ८ को मतगणना सम्पन्न हुँदा यो मत प्राप्त भएको हो ।

स्याङ्जा क्षेत्र नं १ प्रदेश सभा क का उम्मेदवार नेकपा एमालेकी सीता सुन्दासले १३४७ मतले लिड गर्नुभएकाे छ भने गठबन्धनकी नेकपा माओवादी केन्द्रकी अमृता थापा मगरले ८६७ मतका साथ उहाँलाई पछ्याइरहनु भएकाे छ । क्षेत्र नं१ को मतगणना जारी नै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?