काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण पहिलोपल्ट मतगणनामा पछाडि पर्नुभएकाे छ । सोमबारदेखि सुरु भएको मतगणनामा उहाँले रुपन्देही ३ मा एमालेको सहयोगमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहोरालाई झिनो मतले पछि पार्दै आउनु भएकाे थियाे । तर मंगलबार बिहानदेखि बोहोराले खाँणलाई पछाडि पार्नुभएकाे छ ।
बोहोराले ४१ सय ७० र खाँणले ३९ सय १९ मत पाउनुभएकाे छ । उहाँ साढे दुई सय मतले पछाडि हुनुहुन्छ । खाँण अघिल्लोपटक समानुपातिकबाट सांसद चुनिनुभएकाे थियाे ।
राप्रपाका उम्मेदवार अहिलेसम्म देशका पाँचवटा निर्वाचन क्षेत्रमा अगाडि छन् । जसमा झापा ३ मा राजेन्द्र लिङ्देन, नवलपरासी १ मा ध्रुवबहादुर प्रधान, जुम्लामा ज्ञानेन्द्र शाही, बाँके १ मा धवलशमशेर राणा र रुपन्देही ३ मा दीपक बोहोरा छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका