कास्की । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी बाग्लुङमा अग्रता कायम गरिरहँदा प्युठानमा भने पछाडि परेको छ ।
बाग्लुङ-१ मा ९३०२ मत गन्दा जनमोर्चाका चित्रबहादुर केसीले ३३४९ मत ल्याएर अग्रता कायम गरिरहनु भएकाे छ । दोस्रो स्थानमा रहेका एमालेका सूर्य पाठकले ३३४० मतले पछ्याइरहनु भएकाे छ । सत्तारुढ गठबन्धनका उम्मेदवार केसी एमालेका पाठकभन्दा मात्र नौ मतसहित अगाडि हुनुहुन्छ ।
प्युठानमा भने एमालेका सूर्य थापाले राजमो अध्यक्ष दुर्गा पौडेललाई झिनो मतले पछि पार्नुभएकाे छ । थापाले ८८२ मत ल्याउँदा पौडेलले ५६७
मत ल्याउनु भएकाे छ । दुर्गा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुनुहुन्छ । जनमोर्चाले सत्तारुढ गठबन्धनको भागबन्डामा प्युठान र बाग्लुङ गरी दुई स्थान प्राप्त गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच