कैलालीबाट रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ ।

कैलाली ३ बाट गंगा चौधरीले उन्मुक्ति पार्टीका तर्फवाट खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ । चौधरी २३,१२० मतसहित विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मत ल्याउनु भयाे ।

एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित तेस्रो स्थानमा सीमित हुनुभयाे । उक्त क्षेत्रमा ६३,४४० मत खसेको थियो भने ४०२१ मत बदर भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?