महोत्तरीमा रोचक भिडन्तः माओवादी नेता पोखरेललाई पछि पार्दै एमालेका महतोको अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

महोत्तरी । मतगणना भएका महोत्तरीका क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उहाँलाई एमालेका लक्ष्मी महतोले पछि पार्नुभएकाे छ ।

अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाउनु भएकाे छ भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहनु भएकाे छन् । गौशालाको नगरपालिकाको वडा न. १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि पर्नुभएकाे छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पार्नुभएकाे छ । क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका उहाँभन्दा कापर १००८ मतले अघि हुनुहुन्छ ।

क्षेत्र न. ४ मा भने मतगणना सुरु भएको छ । औरहीबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?