रुपन्देही २ : एमाले उम्मेदवार विष्णु पौडेल झिनो मतान्तरले पछाडि

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि रहनु भएको छ। करिब पाँच सय मतले पछाडि पर्नुभएको पौडेलले मतान्तर घटाउँदै ६५ मा झार्नुभएको छ ।

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चार हजार एक सय ३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेलले चार हजार ६९ मत ल्याउनु भएको छ । यहाँ अहिलेसम्म १२ हजार तीन सय मत मात्र गणना भएको छ । रुपन्देही २ मा ८१ हजार दुई सय दुई मत खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?