काठमाडौं-५ : १७ हजार मत गन्न बाँकी रहँदा प्रदिप पौडेल २८ सय मतान्तरले अगाडि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं-५ मा अहिलेसम्म २८ हजार ७३ मतगणना भएको छ । यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेकोमा निर्वाचनमा ४५ हजार नौ सय ९७ मत खसेको थियो ।

हालसम्म यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले लिड गरिरहनुभएको छ । उहाँले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई २८ सय २६ मतान्तरले पछाडि पार्नुभएको छ ।

पौडेलले नौ हजार एक सय ९६ र पोखरेलले ६ हजार तीन सय ७० मत पाउनु भएको छ । अब १७ हजार मत गन्न बाँकी छ । चुनावी मैदानमा १४ स्वतन्त्रसहित २९ जना रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?