Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

महोत्तरीका २ निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा, जारी गणनामा गठबन्धनका उम्मेदवार पछाडि

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

महोत्तरी । मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको बेला उहाँलाई एमालेका लक्ष्मी महतोले पछि पार्नुभएको छ ।

अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाउनु भएको छ भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहनुभएको छ । गौशालाको नगरपालिकाको वडा न १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि पर्नुभएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पार्नुभएको छ। क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहनुभएका उहाँ भन्दा कापर १००८ ले अघि हुनुहुन्छ ।

क्षेत्र न ४ मा भने मतगणना सुरु भएको छ । औरहीबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?