लुम्बिनीका नौ निर्वाचन क्षेत्रमा एमाले अगाडि, कसको अग्रता कहाँ ?

हिमालय टाइम्स
Read Time = 4 mins

 

बुटवल । लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रको मत परिणाम सार्वजनिक भइरहेको छ । गुल्मी २ मा रोकिएको एक केन्द्रमा आज मतदान भइरहेकाले मतगणना गर्न बाँकी छ । पछिल्लो अपडेटअनुसार नवलपरासीका दुई क्षेत्रमध्ये १ मा कांग्रेसका विनोद चौधरी र २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिनुभएको छ ।

रुपन्देहीका ५ क्षेत्रमध्ये १ मा एमालेका छविलाल विक र ५ मा वासुदेव घिमिरे, २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, ३ मा राप्रपाका दीपक बोहरा, ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिनुभएको छ ।

पाल्पाका दुई क्षेत्रमा एमालेका उम्मेदारले अग्रता लिनुभएको छ । १ बाट नारायण आचार्य र २ मा ठाकुर गैरेले अग्रता लिनुभएको छ । गुल्मी २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ भने १ मा स्थगित भएको एक केन्द्रमा आज मतदान भएपछि गणना हुनेछ ।

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राख्नुभएको छ । कपिलवस्तुको १ मा एमालेका बलाराम अधिकारीले अग्रता लिएका छन् भने २ मा कांग्रेसका सुरेन्द्र आचार्य र ३ मा अभिषेक शाहले अग्रता लिनुभएको छ ।

दाङका ३ क्षेत्रमध्ये १ मा नेकपा एसका मेटमणि चौधरी, २ मा माओवादीका रेखा शर्मा, ३ मा कांग्रेसका दीपक गिरीले अग्रता लिनुभएको छ। बाँकेको १ मा एमालेका सूर्य ढकाल, २ मा राप्रपाका धवलशमशेर राणा र ३ मा कांग्रेका किशोरसिंह राठोरले अग्रता राख्नुभएको छ । बर्दिया १ मा नागरिक उन्मुक्तिका ठाकुरसिंह थारु र २ मा स्वतन्त्रका लालबिर चौधरीले अग्रता लिनुभएको छ ।

रुकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीले अग्रता लिनुभभएको छ। रोल्पामा माओवादीका वर्षमान पुनले अग्रता लिनुभएको छ । मंगलबार मात्रै गणना सुरु भएको प्युठानमा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् ।

एमाले 
रुपन्देही–१ छविलाल विश्वकर्मा, ५ मा वासुदेव घिमिरे, पाल्पा–१ नारायण आचार्य, २ ठाकुर गैरे, गुल्मी– २ गोकर्ण विष्ट, अर्घाखाँची टोपबहादुर रायमाझी, प्यूठान सूर्य थापा, कपिलवस्तु– १ बलाराम अधिकारी, बाँके– १ सूर्य ढकाल

कांग्रेसः
पश्चिम–नवलपरासी–  १ विनोद चौधरी, कपिलवस्तु– २ सुरेन्द्र आचार्य र ३ मा अभिषेकप्रताप शाह, दाङ– ३ दिपक गिरी, बाँके– ३ किशोरसिंह राठौर

माओवादीः
रुकुम पूर्व पूर्णबहादुर घर्ती, रोल्पा वर्षमान पुन, दाङ– २ रेखा शर्मा

राप्रपाः
पश्चिमनवलपरासी– २ ध्रुवबहादुर प्रधान, रुपन्देही– ३ दीपक बोहरा, बाँके– २ धवलशमशेर राणा

स्वतन्त्र
बर्दिया– २ लालबीर चौधरी

नागरिक उन्मुक्ति
बर्दिया– १ ठाकुरसिंह थारु

नेस्वपाः
रुपन्देही– २ गणेश पौडेल

लोसपाः
रुपन्देही ४ सर्वेन्द्रनाथ शुक्ला

एकीकृत समाजवादी 
दाङ– १ मेटमणि चौधरी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *