सप्तरी क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले  ६ हजार १९ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ । नेपका एमालेका ताराकान्त चौधरी ३ हजार १ सय ११  मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी तेस्रो स्थानमा रहनुभएको छ ।।

सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजु लाल चौधरीले २ हजार २ सय २५ मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ । यहाँ जसपाका बालकिशोरले १ हजार २ सय ३० मत प्राप्त गरी दोस्रो स्थानमा हुनु हुन्छ भने जनमत पार्टीका सुकदेव साहले ९ सय १८ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?