वाई वाई यू-१९ को तयारी पूरा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बुधबारबाट आयोजना हुन लागेको वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ पाउने भएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरेर बुधबारबाट आयोजना हुन लागेको उमेर समूह प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र प्रतियोगिताको बिजेताले नगद दुई लाख रुपैयाँ पाउने जनाएको हो । क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले प्रतियोगिताको तयारी सकिएको जानकारी दिनुभएको हो ।

चौधरी गु्रपको वाईवाईले मुख्य प्रायोजन गर्ने प्रतियोगितामा सात प्रदेशका टोलीले सहभागिता जनाउँदै छन् । मंसिर १९ गतेसम्म चल्ने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ । सात टोलीले सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन बिहीबारबाट हरेक दिन दुई खेल हुनेछन् ।

विजेताले दुई लाख नगद प्राप्त गर्दा उपविजेताले एक लाख नगद पाउने क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यस्तै, प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने सिंहले बताउनुभयो । यस्तै, प्लेयर्स अफ दि म्याचले नगद दुई हजार रुपैयाँ पाउनेछन् । जिल्ला, प्रदेश छनोटसहित प्रतियोगिताको कुल बजेट एक करोड २५ लाख ८० हजार रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?