दोहा । फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा वेल्स र अमेरिकाले बराबरी खेलेका छन् । खेलको अन्त्यतिर कप्तान ग्यारेथ बेलले पेनाल्टीमार्फत् गोल गर्नुभएपछि वेल्सले अमेरिकासँग एक-एक गोलको बराबरी खेलेको हो ।
अकहमेद विन अली स्टेडियममा सोमबार राती भएको खेलको पहिलो हाफमा टिमोथी वेहले अमेरिकालाई अग्रता दिलाउनुभएको थियो । ३६औँ मिनेटमा टिमोथीले क्रिस्टियन पुलिसिसको पासमा गोल गर्नुभएको हो ।
८२औँ मिनेटमा बेलले पेनाल्टीमा गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । पेनाल्टी बक्समा आफैँलाई जिमरमनले फउल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा बेलले गोल गर्नुभएको हो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिएको छ ।
यस बराबरीसँगै समूह ‘बी’ मा वेल्स र अमेरिकाले समान एक अंक जोडेका छन् । इंग्ल्याण्डको तीन तथा इरानले अंकको खाता खोल्न सकेको छैन । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका