इण्डोनेसियाको जाभामा गएको भूकम्पमा कम्तीमा १६२ जनाको मृत्यु

Read Time = 1 min

जकर्ता । इण्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको भूकम्पमा कम्तीमा १६२ जनाको मृत्यु भएको छ । पश्चिमी जाभा प्रान्तका गर्भनर रिदवान कामिलले भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १६२ पुगेको र सात सयभन्दा बढी मानिस घाइते भएको जानकारी दिनुभएको हो । घना आवादी भएको क्षेत्रमा भूकम्प गएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

राजधानी जकार्ताबाट एक सय किलोमिटर टाढाको सियान्जुरलाई केन्द्र बिन्दु बनाएर पाँच दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पमा परी घाइते भएकाहरूले अस्पतालको बेड भरिएको तथा कतिपय बिरामीको बाहिरै राखेर उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?