देवगन निर्देशित ‘भोला’ को टिजर सार्वजनिक

Read Time = 2 mins

मुम्बई । अभिनेता अजय देवगन निर्देशित चलचित्र ‘भोला’को टिजर सार्वजनिक गरिएको छ । अजयको पछिल्लो चलचित्र ‘दृश्यम २’ यतिबेला बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । यसैबीच देवगनले मंगलबार आफ्नो आगामी चलचित्र ‘भोला’ को टिजर सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक करिब एक मिनेट २६ सेकेण्ड लामो टिजरको सुरुवात उत्तर प्रदेशको राजधानी लखनउको एउटा अनाथालयबाट हुन्छ । टिजरमा अजयले जेलभित्र श्रीमद्भागवद गीता पढिरहेको देखाइएको छ । अजय निधारमा खरानी (भस्म) लगाएका र हातमा त्रिशूल लिएका छन् । साथै अजयलाई एक्शन अवतारमा पनि देखाइएको छ ।

यो चलचित्र तमिल चलचित्र कैथी को रिमेक हो । जसलाई अजय आफैँले निर्देशन गर्नुभएको छ । अजयको निर्देशनमा बन्न लागेको यो चौथो चलचित्र हो । यसअघि अजयले ‘यू मी और हम’, ‘शिवाय’ र ‘रनवे ३४’ जस्ता चलचित्र निर्देशन गरिसक्नु भएको छ । यस चलचित्रमा अजयसँगै तब्बु पनि मुख्य भूमिकामा रहनुभएको छ । चलचित्र ३० मार्च २०२३ मा सिनेमाघरमा आउँदै छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?