चौथो हप्तामा पनि दर्शकको उत्तिकै उत्साहजनक साथ ‘महापुरुष’लाई

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । कात्तिक ११ गतेदेखि सिनेमाघरमा आएको चलचित्र ‘महापुरुष’लाई दर्शकले उत्तिकै उत्साहजनक साथ दिएका छन् । प्रदर्शनको २६औं दिनसम्म आइसक्दा सिनेमाघरमा दर्शकको उपस्थिति उत्साहजनक नै छ । दर्शकको बलियो उपस्थितिकै कारण मल्टिप्लेक्स हलहरूले शो घटाएका छैनन् ।

सामाजिक कथामा निर्माण भएको चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य शीर्ष भूमिकामा हुनुहुन्छ । साथमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेललगायतको पनि शीर्ष भूमिका छ ।

प्रदीप भट्टराईले निर्देशन चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपन कथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।

षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा चलचित्रमा डेब्यु गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?