‘रातो कार’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । लीला श्रेष्ठ, नकुल थापा, स्मृति गौतम र सानु धमलाको स्वरमा रहेको लोकदोहोरी गीत ‘रातो कार’ सार्वजनिक भएको छ । गायक लीलाकै लय र संगीत र पूर्ण गुरुङको एरेञ्ज रहको गीतको भिडियो त्रिपुरा म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मिलन श्रेष्ठले निर्देशन गरेको भिडियोमा लोमस शर्मा र अनु पराजुलीको साथमा सुदीप श्रेष्ठ, सुमन श्रेष्ठ, दीपा तामाङ र रूपा तिमल्सिनालाई फिचरिङ गरिएको छ । राजाराम सिखडाले कोरीयोग्राफी रहेको गीतको भिडियोमा सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादन छ ।

गायक तथा सर्जक लीलाको ‘सरर बसको झ्यालैमा’, ‘मलाई माया’, ‘कमल फूल फुल्यो’, ‘हातमा घडी’जस्ता गीत छन् भने गायक नकुलले यसअघि ‘कर्कलाको पानी’, ‘पीपलु र वर’, ‘सुनकोसीमा बलेफी दोभान’जस्ता गीत सार्वजनिक छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?