चाम्स निर्देशित ‘वीरविक्रम-२’ को हिन्दी ट्रेलर सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘वीरविक्रम-२’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । हिन्दी भाषामा पनि डबिङ गरिएको चलचित्र ‘वीरविक्रम २’को सोमबार हिन्दी ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रको नेपालीभन्दा हिन्दी ट्रेलर फरक बनाइएको छैन । निर्देशन चाम्सका अनुसार, डिसेम्बर १ (मंसिर १५) मा ओएसआर इन्टरनेशनलको युट्युब च्यानलमा यो चलचित्रको हिन्दी डब सार्वजनिक हुनेछ । यो चलचित्रको नेपाली भर्सन भने युट्युबमा आइसकेको छ ।

चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बूलगायतको अभिनय छ । सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रको कार्यकारी निर्मातामा अर्पण सापकोटा र सहनिर्मातामा रञ्जिता सिवाकोटी हुनुहुन्छ । दुई साथीको मित्रतामा आउने उतार-चढावमा चलचित्र आधारित छ ।

‘वीरविक्रम २’ २०७६ सालको जेठ ३ गते नेपालका सिनेमाघरमा प्रदर्शन भएको थियो । यसको अघिल्लो शृंखला बक्सअफिसमा सफल भएकाले निर्देशक चाम्सले दोस्रो शृंखला निर्माण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?