काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले ‘साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान-२०७९’ पहिलोपटक नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ । सो सम्मानअन्तर्गत २५ हजार नगदसहित सम्मानपत्र प्रदान रहेको बताइएको छ । उक्त सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्युटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ ।
बालबाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले मानन्धरलाई सम्मान समर्पण गर्ने निर्णय गरेको थियो । बैठकले ‘राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार’को राशि १० हजार रुपैयाँ गर्ने निर्णय पनि गरेको छ । सो पुरस्कारका लागि वरिष्ठ हास्यव्यङ्गय लेखक एवं बालसाहित्यकार प्रा.रामकुमार पाँडेले दुई लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष राखिदिनुभएको छ । यो पुरस्कार २० वर्षभन्दा मुनिका स्रष्टाले लेखेका कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको कृतिलाई प्रदान गर्न स्थापना गरिएको हो । पुस्तक छनौट कार्य जारी रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच