नर्भिकमा ५५ वर्षीया महिलाले जन्माइन् बच्चा

Read Time = 2 mins

काठमाडौं । नर्भिक अस्पतालमा एक ५५ वर्षीया महिला टेष्टट्युब बेबी पद्धतिबाट आमा बन्न सफल भएकी छिन् । नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजक बच्चा जन्माउन सफल हुनुभएको हो ।

शल्यक्रियामार्फत् शनिबार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । नर्भिक आइभिएफ सेन्टरकी वरिष्ठ टेष्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्माका अनुसार नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजैरूपमा आइभिएफमार्फत् रजकलाई आमा बनाउन सफलता मिलेको हो । ३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको परिवारमा २७ वर्षपछि छोराका रूपमा अर्काे सन्तान आउँदा धेरै खुशी लागेको बिमलाले बताउनुभएको छ ।

नर्भिक आइभिएफमा उपचारका लागि आएका रजक दम्पतीले पहिलो प्रयासमै आइभिएफ पद्धतिबाट सन्तान जन्माउन सफल भएको अस्पतालले जनाएको छ । श्रीमतीको उमेर ५५ वर्ष र श्रीमान्को उमेर ६८ वर्षको छ । यसअघि पनि सोही अस्पतालमा ५४ वर्षीया काठमाडांैकी एक महिलाले आइभिएफ पद्धतिबाट जुम्ल्याहा सन्तान जन्माउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?