राजविराज । सप्तरी क्षेत्र नम्बर २ मा मत नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ ।
मंगलबार साँझ सवा ९ बजेतिर मत पेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ ।
मतपेटिकाको सिल नम्बर मिलाउन पटक पटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले बताउनु भयो ।
सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी केन्द्र , लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आवद्ध नेता कार्यकर्ताले अहिले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन् ।
नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूको माग छ । उता प्रजिअ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर बुझ्ने कार्य भईरहेको बताउनु भयो ।
राजविराज । सप्तरी क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ ।
मंगलबार साँझ सवा ९ बजेतिर मत पेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ ।
मतपेटिकाको सिल नम्बर मिलाउन पटक पटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले बताउनु भयो ।
सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी केन्द्र , लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आवद्ध नेता कार्यकर्ताले अहिले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन् ।
नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूको माग छ । उता प्रजिअ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर बुझ्ने कार्य भईरहेको बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका