मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित

Read Time = 1 min

ललितपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । मंगलबार मध्यरातमा सार्वजनिक मतगणनाको नतिजा अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा-१ (२) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले सात हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले दुई हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले दुई हजार ४१ मत प्राप्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?