फिफा विश्वकपमा आज चार खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फिफा विश्वकपमा आज समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी चार खेलहरू हुँदैछन् । कतारको अल बायत रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘एफ’ मा रहेको साविक उपविजेताले मोरोक्कोको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘ई’ को जर्मनीले जापानविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।
राति ९ः४५ बजेदेखि अल थुमामा रंगशालामा सुरु हुने आजको तेस्रो खेलमा समूह ई’ मा रहेको स्पेनले कोस्टा रिकाविरुद्ध खेल्नेछ ।
यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे बेल्जियमलाई क्यानडाले चुनौती प्रस्तुत गर्दै छ । यो खेल अहमेद बिन अली रंगशालामा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?