Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

यस्तो छ तपाईंको मंसिर ७ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर ७ गते बुधबार, ई.सं २३ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष औंशी, नक्षत्र- विशाखा, योग- शोभन, करण- चतुष्पद, चन्द्रराशि- तुला, सूर्योदयः ६ः३२, सूर्यास्तः १७ः०७ ।

मेष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

वृष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

सिंह : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

कन्या : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

तुला : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

वृश्चिक : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छ ।

धनु : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

मकर : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

कुम्भ : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

मीन : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?