पाँचथरमा गठबन्धनको अग्रता कायमै, पछ्याउँदै एमाले

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 4 mins

पाँचथर । पाँचथरमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार लोकतान्त्रिक बाम गठवन्धनका उम्मेद्धवारको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्वेले नेकपा एमालेका केन्द्रिय सदस्य वसन्तकमार नेम्वाङलाई २ सय ३१ मतले पछाडि पार्नुभएको छ ।

आङदेम्वेलाई ६ हजार ९ सय ६१ मत प्राप्त हुँदा नेम्वाङले ६ हजार ७ सय ३० मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला कमिटी अध्यक्ष कमल बहादुर चेम्जोङले ४ सय १३ मतले पछ्याइरहनुभएको छ । बिहानसम्म प्रतिनिधी सभाको १६ हजार ४२ मत गणना गरिएको छ । अझै ५९ हजार ३ सय १० मत गणना हुन बाँकी छ ।

प्रदेश सभा

प्रदेश सभा सदस्यतर्फ जिल्लाका दुइवटै प्रदेशमा सत्ता गठवन्धनकै उम्मेद्वारहरु अगाडी देखिएका छन् । प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य इन्द बहादुर आङबोले ७ हजार ९ सय ८० मत प्राप्त गनुभएको छ भने एमालेका पाँचथर जिल्ला इन्चार्ज अइन्द्रसुन्दर नेम्वाङले ५ हजार २ सय ४२ मत सहित उहाँलाई पछ्याइरहनुभएको छ ।

यहाँ आङवो र नेम्वाङ बिचको मतअन्तर २ हजार ३८ छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीका नेता सगुन सुन्दर लावतीले ९ सय ४१ मत प्राप्त गरेर तेस्रो स्थानमा हुनुहुन्छ । अहिले सम्म पाँचथर प्रदेश सभा ख मा १६ हजार ८ सय ४४ मत गणना गरिएको छ । यस क्षेत्रमा १८ हजार १ सय ३६ मत गणना हुन बाँकी रहेको छ । यस क्षेत्रमा ३४ हजार ९ सय ८० मत खसेको थियो ।

उता प्रदेश सभा क निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष कमल प्रसाद जवेगु अग्रस्थान हुनुहुन्छ । जवेगुले ७ हजार ४८ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ । एमालेका जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारीले ६ हजार ९ सय ३३ मत सहित जवेगुलाई पछ्याइरहनु भएको छ । जवेगुले १ सय १५ मत सहित अग्रता लिइरहनुभएको छ । संघिय लिम्बुवान राज्य परिषदका नेता सागर केरुङले ७ सय ९१ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।

अहिलेसम्म यस क्षेत्रमा १६ हजार ८ सय ३४ मत गणना भएको छ । अव यस क्षेत्रमा २३ हजार ५ सय ३८ मत गणना हुँन बाँकी छ । यस क्षेत्रमा ४० हजार ३ सय ७२ मत खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?