राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ कटायो एक लाख मत, एमाले पहिलो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक लाख मत कटाएको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार प्रतिनिधि सभातर्फ अहिलेसम्म रास्वपाले १ लाख १ हजार ७०३ मत प्राप्त गरेको हो। रास्वपाले प्रत्यक्षतर्फ अहिलेसम्म तीन क्षेत्रमा जीत निकालिसकेको छ।

समानुपातिक प्रणालीको मतगणना चलिरहँदा माओवादी केन्द्र रास्वपा भन्दा पनि पछि देखिएको छ। समानुपातिकमा एमाले दुई लाख २१ हजार ६५३ मतसहित सबैभन्दा अगाडि छ ।

समानुपातिकमा अन्य दलको अवस्था

राष्ट्रिय प्रजातन्त्र पार्टी
५१९०१

जनता समाजवादी पार्टी, नेपाल
१६८५६

जनमत पार्टी
१६१७६

नेपाल मजदुर किसान पार्टी
१३६१७

नेकपा एकीकृत समाजवादी
११९५६

नागरिक उन्मुक्ति पार्टी
१०४६८

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?