सर्केगाडमै रोकिए १३६ मतपेटिका

हिमालय टाइम्स
Read Time = 3 mins

दाने बाेहाेरा

हुम्ला । हिमाली हुम्लामा मतदान गरेको चारदिन हुँदा पनि अझै मतपेटिका पुग्न सकेको छैन् । भौगोलिक बिकटताले यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । दक्षिण भेगमा रहेको चारवटा गाउँपालिकाको ३४ मतदान केन्द्रको १३६ वटा मतपेटिका पुग्न नसकेको हो । प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना कार्य अन्यौलमा रहेको छ ।

दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ल्याइपुर्याएको भए पनि त्यसयता हेलिकोप्टरमा ढुवानी गर्न निर्वाचन आयोगसँग कुरा भएका कारण ती मतपेटिका आउन नपाएका हुन् । टाढाका मतदान केन्द्रबाट मतपेटिका सर्केगार्डमा जम्मा गरिए पनि त्यताबाट ल्याइएको छैन । सर्केगार्डबाट सदरमुकाम सिमकोट पुुग्न डेढ दिन पैदल लाग्ने गर्छ ।

सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरमा ढुवानीका लागि कुरा भइसकेको छ । निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार आज दिउँसोसम्ममा हेलिकोप्टरबाट ढुवानी भएर सदरमुकाम सिमकोट पुग्ने बताउनुभयो ।

सर्केगार्डमा रहेका मतपेटिकामा ताँजाकोटका सात मतदान केन्द्रका मतपेटिका, अदानचुलीका आठ, चंखेलीका आठ र सर्केगार्डका बाह्र वटा मतदान केन्द्रका मतपेटिका छन् । मतपेटिका हेलिकोप्टरबाट ढुवानी नभएका कारण मतगणना कहिले गर्ने भन्ने निष्कर्षमा मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुुग्न सकेको छैन ।

यस्तै उत्तरी नाम्खा गाउँपालिका-६ लिमीमा निर्वाचनमा खटिएका कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी गरेर ४९ जना उतै रोकिएका छन् । न्यालु लेकमा हिउँ जमेका मारण पैदल भएर आउन समस्या हुने देखिएपछि उनिहरु पनि हेलिकप्टरको पर्खाइमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?