पाल्पा-२ (१) मा काँग्रेसका वीरबहादुर रानाकाे अग्रता

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा हुनुहुन्छ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहनुभएका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ७ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म उहाँ २ हजार ५ सय ४० मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार रानाले १० हजार ९ सय मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका पर्शुराम भट्टराईले ७ हजार ६ सय ४९ मत ल्याएर दोस्रोमा हुनुहुन्छ । मन्त्री रानालाई सुरुदेखिको अग्रताले विजयीको नजिक पुर्‍याएको छ ।

यहाँ मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ३ सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार २ सय ४८ मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा १ सय ८६, छातामा १ सय २५ र मादल चिन्हमा ६३ मत खसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?